निर्वाचन आयोगबाट मेलमिलापबिनै फर्किए जसपाका नेता

निर्वाचन आयोगबाट मेलमिलापबिनै फर्किए जसपाका नेता

फाइल फोटो

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले निर्वाचन आयोगलाई अहिलेकै अवस्थामा आफूहरू मिल्न नसक्ने जानकारी गराएका छन् । पार्टीको विवाद र आधिकारिकताबारे छलफल गर्न आयोगले बोलाएर गरेको छलफलमा दुवै पक्षले आफूहरूको धार नै फरक भइसकेको भन्दै अब मिल्न नसकिने बताएको आयोगका एक पदाधिकारीले जानकारी दिएका छन् ।

नेताहरूले अब मिल्न सक्ने ठाउँ नरहेकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै एउटा पक्षलाई आधिकारिकता दिन माग गरेका छन् । प्रतिनिधि सभा विघटन र सरकारमा जाने विषयलाई लिएर जसपाभित्र विवाद चर्किएको छ ।

प्रतिनिधि सभा विघटन ठिक हो भन्दै महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत सहभागी भइसकेको थियो । तर उपेन्द्र यादव पक्षले भने ओलीले प्रतिगामी काम गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेको छ ।

विवाद बढ्दै गएपछि दुवै पक्षले एक/अर्को पक्षका नेताहरूलाई कारबाही गरेका छन् । तर आयोगले भने कारबाहीलाई मान्यता दिएको छैन ।

 

प्रकाशित मिति : मंगलबार, असार २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij