काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै इन्धनको मूल्य बढेको जनाएको छ ।
निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य २ रुपैयाँ बढाएको छ । इन्धनको मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, आन्तरिक हवाइ इन्धनतर्फ ८४ प्रतिलिटर, अन्तर्राष्ट्रिय हवाइ इन्धनतर्फ ७५४, एलपी ग्याँसमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेर १४२५ रुपैयाँ पुर्याइएको निगमले जनाएको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरि निगमले इन्धनको मूल्य बढाएको हो । कोरोनाका बाबजुद पनि भारतबाट आउने इन्धनको मूल्य बढेकाले नेपालमा पनि मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ।

प्रकाशित मिति : मंगलबार, असार २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्