गण्डकीमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

गण्डकीमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

पोखरा – गण्डकी प्रदेशमा कोरोनाको नयाँ प्रजाति (न्यू भेरियन्ट) देखा परेको छ । स्याङ्जा र गोरखाका संक्रमितहरुमा नयाँ भेरियन्ट फेला परेको हो ।

गोरखा बारपाक सुलिकोटका ३ महिला र स्याङ्जा कालिगण्डकीका २ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशमा पीसिआर परीक्षण गर्दा संक्रमण देखिएका ५ वटा नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

जीन सिक्वेसिङ गर्न पठाइएका स्वाबस्वाबमा डेल्टा भेरियन्ट प्रमाणित भएको स्वास्थ्य निर्देशनालयका आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

यो संक्रमण अरु भेरियन्टभन्दा बढी हुने भएकोले सजगता अपनाउन निर्देशनालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : आइतबार, असार २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij