काठमाडौं – अमेरिकी सरकारले उपलब्ध गराएको १५ लाख डोज खोप नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार (आज) बिहान आइपुगेको खोप नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
कतार एयरवेजको नियमित उडानमार्फत् नेपाल आइपुगेको खोप अमेरिकी सरकारले उपहारस्वरुप दिएको हो । खोप ग्रहण गर्दै स्वास्थ्यमन्त्री श्रेष्ठले अमेरिकी सरकारले दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने बताए ।
प्राप्त खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी गरिएको सरकारले जनाएको छ ।
अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराएको हो ।
प्रकाशित मिति : सोमबार, असार २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्