अमेरिकाले दिएको १५ लाख मात्रा खोप क-कसलाई ?

अमेरिकाले दिएको १५ लाख मात्रा खोप क-कसलाई ?

काठमाडौं – सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा अघि बढाउने भएको छ । गत २५ असारमा ८ लाख मात्रा भेरोसेल र हिजो सोमबार १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एण्ड जोनसन खोप भित्रिएपछि सरकारले खोप अभियान नियमित गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको सोमबार बसेको बैठकले जोन्सन खोप पाउने प्राथमिकता निर्धारण गरेको छ । आज मंगलबारदेखि बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भेरोसेल खोप पहिलो मात्रा लगाइने मन्त्रालयले जनाएको छ । भेरोसिल खोप लगाउने प्राथमिकतामा ५५ र त्यसमाथिका उमेर समूहका कोभिड–१९ विरुद्ध खोप लगाउन बाँकी नागरिक छन् ।

स्वास्थ्य सेवा विभाग महानिर्देशक डा. दीपेन्द्ररमण सिंहका अनुसार विश्वविद्यालयका प्राध्यापक र शिक्षकलाई भेरोसिल खोप लगाउने प्राथमिकतामा राखिएका छन् ।

त्यस्तै, सार्वजनिक यातायातका चालक र सहचालक, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकीलाई पनि भेरोसिल खोप लगाउने सरकारको योजना छ । खोप अनिवार्य देशमा जाने नागरिक पनि भेरोसिल खोपको सूचीमा छन् ।

प्रकाशित मिति : मंगलबार, असार २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij