बुटवल – लुम्बिनी प्रदेशमा यो वर्ष करिब ८६ प्रतिशत रोपाई सकिएको छ । प्रदेशभरी धान खेती हुने कुल ३ लाख ३४ हजार ६७५ हेक्टर क्षत्रफल मध्ये २ लाख ९० हजार १ सय हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा ८६ दशमलव ७ प्रतिशत रोपाई सकिएको छ । यो तथ्याङ्क असार २७ गतेसम्मको हो । यहि अवधिमा गत वर्षको तुलनामा रोपाई कम भएको छ । गत वर्ष ९१ दशमलव ४ प्रतिशत रोपाई सकिएको थियो ।
लुम्बिनीको नवलपरासीमा यो वर्ष सबैभन्दा बढी सतप्रतिशत रोपाई सकिएको छ । जिल्लामा धान खेती हुने २३ हजार १७५ हेक्टर क्षत्रफल क्षेत्रफलमा रोपाई सकिएको छ ।
यसैगरी रुपन्देही ,बर्दिया रोल्पामा र प्युठानमा ९५ प्रतिशत रोपाई सकिएको छ । रुपन्देहीमा धान खेती हुने ६९ हजार ७ सय हेक्टर क्षेत्रफल मध्ये ६६ हजार २ सय १५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।
प्युठानमा धान खेती हुने ६ हजार २ सय हेक्टर क्षेत्रफल मध्ये ५ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । बर्दियामा धान खेती हुने ५२ हजार २ सय ५० हेक्टर क्षेत्रफल मध्ये ४९ हजार ६ सय ३५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । भने रोल्पामा कुल ४ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो । जिल्लामा ४ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएको छ ।
रुकुम पुर्वमा ९० प्रतिशत रोपाई सकिएको छ । रुकुम पुर्वमा ९ धान खेती हुने २ हजार १ सय हेक्टर क्षेत्रफल मध्ये १ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो।
मन्त्रालयको असार २७ गतेसम्मको तथ्याङ्क अनुसार गुल्मीमा सबैभन्दा कम ४८ प्रतिशत रोपाई भएको छ । धान खेती हुने कुल १० हजार ९०० हेक्टर क्षेत्रफल मध्ये ५ हजार २ सय ३२ हेक्टरमा मात्रै रोपाई सकिएको हो ।
लुम्बिनी प्रदेशको सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा यो वर्ष ८० प्रतिशत मात्रै रोपाई सकिएको छ । यो तथ्याङ्क गत वर्षको तुलनामा ८ दशमलव ९ प्रतिशतले कमी हो ।
गत वर्ष यही अवधिमा ८८ दशमलव ९ प्रतिशत रोपाई सकिएको थियो । जिल्लामा कुल खेती योग्य जमिन ८३ हजार हेक्टर क्षेत्रफल मध्ये ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । गत वर्ष भने ६४ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो । यो अवधिसम्म यस वर्ष ५७ हजार २ सय १४ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।
धान खेती हुने मूख्य जिल्लाहरु मध्येकै तराईको जिल्ला दाङमा ८५ प्रतिशत रोपाई सकिएको छ । जिल्लामा हालसम्म ३२ हजार ९०३ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो । जिल्लामा कुल ६९ हजार ९५० हेक्टर खेतीयोग्य जमिन मध्ये ३८ हजार ७१० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । गत वर्ष भने ३७ हजार ९३६ हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो ।
यसैगरी अर्घखाँचीमा ७९ प्रतिशत रोपाई सकिएको छ । धान खेती हुने कुल ८ हजार ६५० हेक्टर क्षेत्रफल मध्ये ६ हजार ८३३ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो ।
यसैगरी लुम्बिनी प्रदेका जिल्लाहरु पाल्पामा ७१ दशमलव २ प्रतिशत रोपाई सकिएको छ ।लुम्बिनी प्रदेशको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सुचना अधिकारी संजीव ढकालका अनुसार मौसमले साथ दिएको अवस्थामा साउनको पहिलो हप्तासम्ममा रोपाई सकिने अनुमान छ ।
प्रकाशित मिति : मंगलबार, असार २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्