काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।
आजको बैठकमा महाधिवेशन कार्यतालिका हेरफेरको प्रस्ताव पदाधिकारी र पूर्व पदाधिकारीमा लैजाने तयारी गरिएको छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तय भएको छ । तर, वडादेखि प्रदेश अधिवेशनसम्मको मिति भने हेरफेर गर्ने तयारी छ ।
क्रियाशील सदस्यता छानबिनको काम नसकिएपछि कार्यतालिका हेरफेर गर्ने तयारी गरिएको हो । असार ४ गते बसेको केन्द्रीय समिति बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका पास गरेको थियो ।
हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्तताले सारिएको थियो । यसअघि मंगलबार बोलाइएको बैठक सर्वोच्च अदालतले सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि स्थगित भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, साउन १ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्