काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ६ लाख ३२ हजार ७४ जना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशभरका प्रयोगशालामा गरिएको ९ हजार ६२८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा एक हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै हालसम्म कुल ७ लाख १६ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ५५० जना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति : आइतबार, साउन ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्