एमालेका यी ३२ सांसदले मानेनन् पार्टीको निर्णय, अब के हुन्छ ?

एमालेका यी ३२ सांसदले मानेनन् पार्टीको निर्णय, अब के हुन्छ ?

काठमाण्डौँ ।

नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो।पार्टीको निर्णय नमानेर देउवाका पक्षमा मत हाल्ने सांसदहरू एमालेमा नरहने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारलाई जानकारी गराएका थिए।

आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन्। त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद तटस्थ बसेका छन्।

यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरेका छन्।केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आलेले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। त्यस्तै तनहुँ(१ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका छन्।

माधव नेपाल पक्षका सांसदहरुले पनि देउवाको पक्षमा मत दिएका छन्।हिरा केसी, पार्वती विसुंखे, गोपाल बम, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिएका हुन्। यी सबै यसअघि ओली पक्षका सांसद हुन्। उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर गरेका थिएनन्।

योसँगै एमालेका २२ जना सांसदले नेपालसँगै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिएकी छन्।
यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका नेपाल समूहका सांसदहरू तटस्थ बस्ने भन्दै संसद भवनबाट बाहिरिएका थिए।

झपट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढालगायत सांसदहरू संसद भवनबाट निस्किएका हुन्।संसदमा अनैतिक काम भएकाले आफूहरू मतदान प्रक्रिया सहभागी नहुने सांसद झपट रावलले बताए।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले देउवालाई विश्वासको मत दिने कुरा अनैतिक भएको उनीहरूले बताएका छन्।नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले देउवाले लिने विश्वास मतको विपक्षमा मत हाल्ने निर्णय गरेको थियो। पार्टी निर्णयविपरीत २२ जनाले देउवालाई विश्वासको मत दिएका छन् थप १० जना तटस्थ बसेका छन्।

देउवालाई विश्वासको मत दिनेहरू

  • माधवकुमार नेपाल
  • भवानी खापुङ
  • मुकुन्द न्यौपाने
  • विरोध खतिवडा
  • जीवनराम श्रेष्ठ
  • कल्याणी खड्का
  • मेटमणि चौधरी
  • पार्वती विशुंखे
  • हिरा केसी
  • कृष्णकुमार श्रेष्ठ किसान
  • गोपाल बम
  • प्रेमबहादुर आले
  • लक्ष्मी चौधरी
  • निरादेवी जैरू
  • रामकुमारी झाँक्री
  • धनबहादुर बुढा
  • विना बुढाथोकी
  • सरला यादव
  • पुष्पाकुमारी कर्ण
  • कलिला खातुन
  • सविना हुसेन र
  • कृष्णलाल महर्जन

प्रकाशित मिति : सोमबार, साउन ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij