बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३६ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १६६ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ६ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा , बुटवल उपमहानगरपालिका ,तिलोत्तमा नगरपालिकामा १३ जना र सैनामैना नगरपालिकामा ९र९ जना, ओमसतिया र कञ्चन गाउँपालिकामा २र२ जना र देबदह नगरपालिकामा १ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान नगएको कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा ५०६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३२८ रहेको छन्।
प्रकाशित मिति : बुधबार, साउन ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्