प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्न लागेको हो।
बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने जनाइएको छ। आइतबार मात्रै प्रधानमन्त्री देउवाले सांसद उमेश श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए।
प्रधानमन्त्री बनेको दुई सातापछि देउवाले राज्यमन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गरेका हुन्। पाँचदलीय गठबन्धनभित्र मन्त्रीको बाँडफाँट नमिल्दा मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ भएको हो।
प्रकाशित मिति : सोमबार, साउन ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्