जसपा आधिकारिकता विवादको छिनोफानो आज

जसपा आधिकारिकता विवादको छिनोफानो आज

आधिकारिकता सम्बन्धी विवादमा अल्झिएको जनता समाजवादी पार्टी (जसपा)को विवादको छिनोफानो आज (सोमबार) हुँदैछ ।

निर्वाचन आयोगले जसपा विवाद बारे आज निर्णय दिने भएको हो । आधिकारिकता विवाद सम्बन्धमा आयोगले निर्णय दिने भएपछि अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्ष अलगअलग छलफल र बैठकमा व्यस्त छन् । दुवै समूह आआफ्नै रणनीति बनाउने गृहकार्यमा जुटेका हुन् ।

यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर आइतबार प्रशिक्षण दिएको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेताा अशोक राईले प्रशिक्षण दिएका हुन्।

रातभर रिसोर्टमै राखिएका उनीहरुलाई आज सिधै निर्वाचन आयोगमा लिएर जाने तयारी यादव पक्षको छ । यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गर्दै आएको छ ।

लामो समयदेखिको विवादका कारण फुटनजिक पुगेको जसपाभित्र अहिले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू तानातानमा परेका छन् । ५१ सदस्यीय कार्यकारिणी समिति र संसदीय दल दुवैतर्फ यादव समूह बलियो देखिएको छ । केही समयअघिसम्म संसदीय दलमा बलियो रहेको ठाकुर पक्ष पछिल्लो समय निक्कै कमजोर बनेर गएको छ ।

प्रकाशित मिति : सोमबार, साउन ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij