लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरूङ प्रदेश प्रमुखमा सिफारिस

लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरूङ प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं – सरकारले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमानसिंह गुरूङलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको छ ।

गण्डकीका प्रदेश प्रमुख सीताकुमारी पौडेललाई हटाएर पृथ्वीमानसिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरेर अमिक शेरचनलाई नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

बर्खास्ती र नियुक्तिका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । दुवै प्रदेशमा केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्ला प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद साह पदमुक्तको प्रक्रियामा गएका छन् ।

प्रकाशित मिति : मंगलबार, साउन १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij