काठमाडौं — संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आठौं अधिवेशनको छैटौं बैठक आज (मंगलबार) बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूची छन् । पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष ०७६/७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने रहेको छ ।
दोस्रो कार्यसूचीमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र २ बाट निर्वाचित सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ । हाल नेपाली कांग्रेसमा रहेका सिंहको ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो ।

प्रकाशित मिति : मंगलबार, साउन १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्