राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

a}7sdf ;xefuL ;ef;bsf7df8f}F, @# c;f/ M /fli6«o ;efsf] a'waf/sf] a}7sdf ;xefuL ;ef;bx¿ . t:jL/ M /Tg >]i7÷ /f;;

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक पेश गरी पारित गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिक प्रतिवेदन, २०७६/०७७ सभा समक्ष पेश गर्नेछन्।

यस्तै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७’ सभामा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। बैठकमा आज प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट विधायन ब्यवस्थापन समितिका २ वटा प्रतिवेदनसहित विधेयक पेश गरी पारित गरिनेछ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ‘तथ्याङ्क विधेयक, २०७६ माथि छलफल गरी पारित गरिनेछ। यस्तै सोहि समितिको प्रतिवेदन सहितको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि छलफल पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति : बुधबार, साउन २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij