JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उपमहानगरपालिका खेलकुद विकास समिति र सैनामैना नगर खेलकुद समिति बिचमा अन्तर्क्रिया

बुटवल उपमहानगरपालिका खेलकुद विकास समिति र सैनामैना नगर खेलकुद समिति बिचमा अन्तर्क्रिया

बुटवल- बुटवल उपमहानगरपालिका खेलकुद विकास समिति तथा सैनामैना नगर खेलकुद समिति बिचमा अन्तर्क्रिया सम्पन्न भएको छ।कार्यक्रममा सैनामैना नगर खेलकुद समितिबाट नगरका खेलकुद संयोजक श्री किसोर राना सहित पदाधिकारीहरुको टोली आएको थियो । उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकामा र सैनामैना नगरपालिकामा खेलकुदको विकासका लागि भएका अनुभव साटासाट गरिएको थियो । कार्यक्रममा खेलकुदको विकास सम्बन्धि योजना निर्माण, पुर्वाधार निर्माण , खेलकुद गतिविधि संचालन , नगरभित्रका विद्यालय स्तरमा खेलकुद विकासको योजना , खेलाडि उत्प्रेरणा , बजेट तर्जुमा साथै कार्यान्वयन र फर्सौट अादि विषयमा अन्तर्क्रिया भएको थियो । कार्यक्रम बुटवल नगर खेलकुद विकास समिति अध्यक्ष नन्द बहादुर काउचाको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका निमित्त कार्यकारी प्रमुख मित्रमणि खनालको प्रमुख आतिथ्यता र विशेष अतिथि सैनामैना नगर खेलकुद समिति संयोजक किसोर राना सहित दुवै नगर खेलकुद समितिका पधाधिकारीको समुपस्थितिमा सम्पन्न भयो । नगर खेलकुद विकास समिति सदस्य मणिरत्न भण्डारीको स्वागत मन्तव्य र सदस्य सचिव कोपिला ज्ञवालीको संचालनमा भएको कार्यक्रममा उपस्थित पदाधिकारी ज्युहरुले खेलकुद विकासका राम्रा प्रयासहरुको अनुभव सहितका मन्तव्य राख्नु भएको थियो । पदाधिकारीको टोलिले बुटवल १ स्थित खुल्ला व्यायामशालाको अवलोकन समेत गरेको छ ।

प्रकाशित मिति : मंगलबार, साउन २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij