चौबीस घण्टामा ४ हजार ९०४ संक्रमित थपिए, ३५ जनाको मृत्यु

चौबीस घण्टामा ४ हजार ९०४ संक्रमित थपिए, ३५ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ हजार ११५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २१७ जनाको पीसीआर परीक्षणबाट ३ हजार १९४ र ५ हजार ९०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ७१० जना गरी जम्मा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ ।

हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ७३ हजार १९८ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ३८१ र आइसोलेसनमा ३७ हजार ३३२ जना रहेका छन् । नेपालमा हालसम्म ७ लाख २० हजार ६८० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : मंगलबार, साउन २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij