काबुल विमानस्थलमा भद्रगोल, ५ जनाको मृत्यु

काबुल विमानस्थलमा भद्रगोल, ५ जनाको मृत्यु

काठमाडाैं – तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि देश छाड्न खोजिरहेका सयौँ मानिसहरूबीच काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अनियन्त्रित अवस्था सिर्जना हुँदा केही मानिसहरू मारिएका बीबीसीले जनाएकाे छ ।

त्यहाँ कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका छन् । अफगानहरू विमानमा टाँसिएका र त्यो धावनमार्गबाट उडेपछि खसेको देखिएको छ ।

यात्रुहरूका अनुसार भिसाबिनै मानिसहरूलाई यात्रा गर्न दिइएको हल्लाले गर्दा ठूलो भिडभाड भएको त्यहाँ रहेका बीबीसी संवाददाता बताउँछन् ।

‘सामाजिक सञ्जालमा देखा परेका भिडिओमा मानिसहरू ठेलमठेल गरेर विमान चढ्न खोजेको देखिन्छ । अफगान सञ्चारमाध्यमहरूले पाएका एउटा भिडिओमा उडेको विमानमा टाँसिएका तीन जना खसेको देखिन्छ ।’

तीन जनाको शव फेला परे पनि उनीहरूको मृत्यु गोली लागेर वा भाग दौडमा के भएर भएको हो भन्ने स्पष्ट छैन । अमेरिकी राष्ट्रपति जो बाइडनका सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन फिनरले अफगानिस्तानको अवस्था आफूहरूले सोचेभन्दा तीव्र गतिमा बिग्रिएको स्विकारेका बीबीसीले जनाएकाे छ । उनले अमेरिकाले सोमबारसम्ममा काबुल विमानस्थललाई सुरक्षित पार्ने बताएका छन् । बीबीसी

प्रकाशित मिति : मंगलबार, भाद्र १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij