बुटवल – लुम्बिनी प्रदेशसभाकाे आजकाे बैठक भाेली सम्मकाे लागि स्थगित भएकाे छ ।प्रदेशसभाका प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले लगातार रोष्ट्रम अगाडि घराउ गर्दे नाराबाजी गरेपछि बिहिबार १ बजे सम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको हो ।
बैठक अवरुद्ध गरेपछि आजको बैठक पनि स्थगित गरिएको सभामूख घर्तीले जानकारी दिए ।
एमालेले आफ्नो पार्टीबाट चुनाव लडेका दुई सांसदहरु अजयबहादुर शाही र विमला वलीले राजनीतिक दलसम्बन्धी ऐन विपरित काम गरेको भन्दै कारवाही गरेको पत्र सभामूखलाई बुझाइसकेको छ । उक्त पत्र सभामूखले प्रदेश सभामा पढेर नसुनाउँदा सम्म सदन चल्न नदिने अडानमा एमाले रहेको छ ।
प्रकाशित मिति : बुधबार, भाद्र २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्