तिलोत्तमाका दश उद्यमीलाई एक लाख राशीको उद्यमशीलता अवार्ड

तिलोत्तमाका दश उद्यमीलाई एक लाख राशीको उद्यमशीलता अवार्ड

 

तिलोत्तमा-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका दश जना उद्यमीले जनही एक÷एक लाख रुपैंयाँ नगदसहितको उद्यमशीलता तथा नवप्रवर्तन कोष अवार्ड प्राप्त गरेका छन् । नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यु.एन.डि.पी.) को साझेदारीमा सञ्चालित कोभिड—१९ उद्धार र सामाजिक—आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत् उद्यमीले सो अवार्ड प्राप्त गरेका हुन् ।

कोरोना महामारीले आर्थिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरणको लागि तिलोत्तमा नगरपालिकामा कोभिड—१९ उद्धार र सामाजिक—आर्थिक प्रतिकार्य परियोजना सञ्चालनमा छ । उद्यमशीलतामा लागेका युवाहरुलाई प्रवद्र्धन गर्न एक लाख पुरस्कार राशीको अवार्ड प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले २०७७ कार्तिक २८ गते अवार्डको लागि प्रस्ताव आह्वान गरेकोमा प्रारम्भिक चरणमा १७ वटा प्रस्ताव छनौट भएका थिए । छनौट भएका प्रस्तावकदाताले पेश गरेको आफ्नो व्यवसायिक योजनासहितको प्रस्तुतीको मूल्यांकनबाट दश उद्यमी अवार्डको लागि छनौट भएका हुन् । विषयविज्ञ, व्यवासायिक प्रतिनिधि समेतको सहभागिता रहेको मूल्यांकन समितिले दश उद्यमीलाई अवार्डको लागि छनौट गरेको नगरपालिकाका शाखा अधिकृत माधव पोखरेलले जानकारी दिनुभयो ।

अवार्ड प्राप्त गर्ने उद्यमीहरुमा तिलोत्तमा एग्रो फर्मका ईश्वरी ज्ञवाली, द प्लान्ट स्टेशनका समिर ज्ञवाली, सफल सवारी सेवा प्रा.लि. का रोशन खनाल, माई सिभीका सौरभ खनाल, तु—सेवाका रमेश ढकाल, वेवरी तरकारी उत्पादक कृषक समूह, अनलाइन ग्रोसरीका सिजन अर्याल, कुखुरापालन व्यवसायी दुर्गाकुमारी राना, मिट मार्टका तेजराज थापा, इन्नोभेटिभ इम्प्लोयमेन्ट एण्ड कन्सल्टेन्टका कुशल डुम्रे रहेका छन् ।

छनौटमा परेका उद्यमीले प्रतिप्रस्ताव एक लाख रुपैंयाँ प्राप्त गर्नुको साथैं नगरपालिका कार्यालयबाट व्यवसाय दर्ता, तालीम, सहुलियत कर्जा, नियमित परामर्श, यान्त्रिीकरण र बजारीकरणलगायतका विषयमा सहयोग प्राप्त हुनेछ । युवाहरुलाई व्यवसायमा जोड्दै रोजगारीका अवसर बढाउँदै लैजाने नीतिअनुरुप नगरपालिकामा उद्यमशीलता तथा नवप्रवर्तन कोष स्थापना गरिएको बताउँदै नगर प्रमुख बासुदेव घिमिरेले नवउद्यमीहरुको सहजीकरणको लागि नगरपालिका छुट्टै शाखा स्थापना गरिन थालिएको जानकारी दिनुभयो ।

युवाहरुमा उद्यमशीलताको विकास गराउन नगरपालिकाले विनाधितो ऋणदेखि निःशुल्क विभिन्न तालीमको व्यवस्था मिलाएको बताउँदै नगर प्रमुख घिमिरेले तिलोत्तमालाई उद्यमशील युवाहरुको नगर बनाउन चाहेको बताउनुभयो । उहाँले अवार्डबाट उद्यमीहरुमा हौंसला बढ्ने बताउँदै उद्यमशीलता प्रवद्र्धन गर्न नगरपालिका सदैव तयार रहेको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : शनिबार, भाद्र ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij