आइतबार थप १९२० संक्रमित थपिए,२२४८ कोरोनामुक्त

आइतबार थप १९२० संक्रमित थपिए,२२४८ कोरोनामुक्त

काठमाडौं – नेपालमा आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ४ सय ४३ पीसीआर परीक्षणका क्रममा १ हजार ७ सय २ र ३ हजार ७३ एन्टीजेन परीक्षणका क्रममा २१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालका कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ६ सय ४२ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ५०९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप दुई हजार दुई सय ४८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ९८ हजार १७३ जना संक्रमित निको भएका छन् ।

हाल ३८ हजार ७५१ जना संक्रमित आइसोलेसन र ४२१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३८ लाख ३० हजार ६९१ वटा पीसीआर र ४ लाख ३२ हजार ५५५ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, भाद्र ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij