बुटवल-लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन ।
सुवेदीले प्रदेश प्रमुखको कार्यालयमा सपथ खाएका छन । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतले उनलाइ शपथग्रहण गराएकी हुन । सुवेदीको शपथग्रहणमा प्रदेश प्रमुख अमिक शेरचन,मुख्यमन्त्री कुलप्रसाद केसी,मन्त्री,सांसदहरु सहभागी थिए ।
प्युठानका सुवेदी यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका बिषयमा अधिवक्ताको काम गर्दै आएका थिए । यसअघिका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले निर्वतमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार ढलेसंगै राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले सुवेदीलाइ नियुक्त गरेको हो ।
प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्