नेपालसहितका नेतालाई एमालेमै फर्किन आग्रह

नेपालसहितका नेतालाई एमालेमै फर्किन आग्रह

काठमाडौँ – नेकपा एमालेले नयाँ दल खोल्ने निर्णय गरेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गरेको छ ।

मंगलबारको स्थायी कमिटी बैठकपछि एमालेले एकताका लागि आह्वान गर्ने प्रस्ताव पारित गर्दै ‘मूल घर’मा फर्किन आग्रह गरेको हो । ‘मूल घर’मा फर्किने नेताहरूलाई कारबाही नगरिने र हार्दिक स्वागत गरिने बैठकमा सहभागि नेताहरूले बताएका छन् ।

यस्तै बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । अब एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील हुने एमालेका प्रवक्ता  प्रदीप ज्ञवालीले जानकारी दिए ।

१० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका लागि उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरू विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेको कार्यदल बनाएको छ ।

यस्तै एमालेको  दशौँ महाधिवेशन  मंसिर १०-१२ मा र विधान महाधिवेशन असोज ४-६ मा गर्ने निर्णय भएको छ । बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरूको भेला गर्ने एमालेले निर्णय गरेको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij