JanataToday.com

Advertisment

SKIP THIS

राष्ट्रिय महिला टोली घोषणा, प्रितिसहित ७ खेलाडीको डेब्यू

राष्ट्रिय महिला टोली घोषणा, प्रितिसहित ७ खेलाडीको डेब्यू

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । एन्फाले मंगलबार एएफसी महिला एसिया कप छनोट २०२२ को लागि २३ सदस्यीय टोली घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा ७ नयाँ खेलाडीलाई स्थान दिएका छन् । जसमा एपीएफबाट राष्ट्रिय लिग खेलेकी प्रिति राईसहित, निशा थोकर, रजनी थोकर, रश्मी घिसिङ, सविता राना, विमला विक र सिर्जना सिंह रहेका छन् ।

अन्य खेलाडी भने पुरानै अनुहार छन् । यसपटक शर्मिला थापाले टोलीमा स्थान बनाउन सकिनन् । यस्तै पहिलो चरणमा कोरोना कारण रेखा पौडेल टोली बाहिर रहिन् । यस्तै घुँडाको शल्यक्रिया गरेकी स्ट्राइकर साबित्रा भण्डारी साम्बासमेत टोली बाहिर छिन् ।

नेपाली टिमले छनोट खेलमा सेप्टेम्बर १८ मा फिलिपिन्सको सामना गर्नेछ । यस्तै २१ तारिखमा हङकङको सामना गर्नेछ । यसअघि खेल नेपालमा हुने भनिए पनि कोरोना महामारीका कारण उज्वेकिस्तानमा सरेको छ ।

नेपाली टिम:
गोलरक्षक : अन्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ ।

डिफेन्डर : अमृता जैशी, विमला विक, गीता राई, हीराकुमारी भुजेल, निशा थोकर, पूजा राना, पुनम जर्घामगर, सिर्जना सिंह ।

मिडफिल्डर : अनीता बस्नेत, दीपा राई, मन्जलीकुमारी योञ्जन, प्रिति राई, रजनी थोकर, रेनुका नगरकोटी, सविता राना ।

स्ट्राइकर : अनिता केसी, विमला चौधरी, इन्दिरा राई, रश्मी घिसिङ, सरु लिम्बू ।

प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij