कञ्चनमा साप्ताहिक उपचार केन्द्रको शुभारम्भ

कञ्चनमा साप्ताहिक उपचार केन्द्रको शुभारम्भ

कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिकामा शनिवार देखि साप्ताहिक आँखा उपचार केन्द्रको शुभारम्भ भएको छ । लायन्स कलव अफ क्ञ्चन हरैयाको व्यबस्थापन तथा बुटवल लायनस आँखा अस्पतालको प्राबिधिक सहयोगमा उक्त आँखा उपचार केन्द्र शुरु भएको हो ।
कञ्चनमा साप्ताहि आँखा उपचार केन्द्रको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गोकर्ण बहादुर क्षेत्रीले आँखा अस्पतालको अवधारणा सहित शुरु भएको साप्ताहिक आँखा उपचार केन्द्रले कञ्चन, गैडहवा र कपिलबस्तुको बाणगंगा नगरपालिकका आँखाका बिरामीहरुलाई उपचार सेवा दिनेमा बिश्वास व्यक्त गर्नु भयो । आँखाका बिरामीहरु समय र पैसा खर्च गरेर बुटवल र भैरहवा जानु पर्ने समस्यालाई समाधान गर्न शुरु भएको साप्ताहिक आँखा उपचार केन्द्रमा ग्रामिण क्षेत्रका नागरिकहरुको सहजै पहुंच पुग्ने समेत बिश्वास ब्यक्त गर्दै अध्यक्ष क्षेत्रीले कञ्चन लायनस आँखा अस्पताल निर्माण गर्नका लागि गाउपालिकाबाट आवस्यक आर्थिक तथा भौतिक सहयोगको समेत व्यबस्थापन गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
यसैगरी गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले ब्यक्तिगत स्वार्थ भन्दा सामाजिक स्वार्थका लागि खटिरहने कञ्चनका सामाजिक व्यक्तित्वहरुलाई सम्मान गर्नु भयो । सामाजिक स्वार्थका लागि संघर्ष गर्नेहरु कहिल्यै एक्लो नहुने बिचार ब्यक्त गर्दै उपाध्यक्ष तरामुले लायन्स क्लव अफ कञ्चन हरैयाले ग्रामिण क्षेत्रका आँखाका बिरामीहरुलाई सहज र दक्ष चिकित्सकहरुसंगको पहुंच पुर्याउन संचालन गरेको साप्ताहिक आँखा उपचार केन्द्र कञ्चनको गौरवको सेवा क्षेत्रको रुपमा बिकास हुने बिश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रममा सेकेण्ड भाइस डिस्ट्रिक गर्भनर नवराज नयौपानेले कञ्चनमा आँखा अस्पताल संचालन गर्नु भन्दा पहिले साप्ताहि आँखा उपचार केन्द्र संचालन गरेर लायनस क्लव अफ कञ्चन हरैयाले राम्रो कार्य गरेको बताउनु भयो । कञ्चनमा आँखा अस्पताल संचालन गर्न आवस्यक सहयोग गर्न सबै पक्षहरुसंग समन्वय र सहकार्य गर्ने सेकेण्ड भाइस डिस्ट्रिक गर्भनर नवराज नयौपानेले प्रतिबद्धता ब्यक्त गरे। यदि यस क्षेत्रमा आँखा सम्बन्धी बिरामीहरुको चाप बढ्दै गए दैनिक रुपमा उपचार केन्द्र संचालन गर्न समेत क्लवलाई सहयोग गर्ने बताउनु भयो ।
आज २ सय ४७ जनाले आँखा सम्बन्धी जाँच गराएकोमा मोतीबिन्दु देखिएका १८ जनालाई निशुल्क शैल्यक्रियाका लागि बुटवल लायन्स आँखा अस्पतालमा रिफर गरिएको लायन्स कलव अफ कञ्चन हरैया बर्ष २०२१ /०२२ का अध्यक्ष शसिधर सापकोटाले जानकारी दिनु भएको छ। कञ्चन लायनस आँखा अस्पताल संचालनार्थ समाजसेबी किरण के.सी. र राम बहादुर के.सी.ले निशुल्क रुपमा २ कट्ठा जग्गा उपलब्ध गराउनु भएको छ भने साप्ताहिक आँखा उपचार केन्द्र संचालनका लागि किरण के.सी.ले निशुल्क रुपमा आँखा जांच कक्ष र फार्मेसी कक्ष संचालनका लागि आफ्नै घरमा दुई कोठा उपलब्ध गराउनु भएको छ।
लायन्स कलव अफ कञ्चन हरैया बर्ष २०२० /०२१ का अध्यक्ष राम बहादुर थापाले कञ्चनमा साप्ताहिक आँखा उपचार केन्द्र कञ्चन संचालनको औचित्य तथा उद्धेश्यबारे जानकारी गराउनु भएको कार्यक्रममा डिस्ट्रिक चिफ दिपक श्रेष्ठ, बुटवल लायन्स आखा अस्पतालका अध्यक्ष रामेशवर श्रेष्ठ, सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यकारी निेर्देशक गोपाल बहादुर के.सी., रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दिननाथ आचार्य, नेकपा एमालेका भरतमणी सापकोटा, नेपाली कांग्रेसका यम बहादुर क्षेत्री, नकपा माओवादी(क्रान्तीकारी)का केजी कुमार पौडेल, राजमोका लिलाराम खनाल,राष्ट्रिय जनमुक्ती पार्टीका रुम बहादुर फौजा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
लायन्स कलव अफ कञ्चन हरैया बर्ष २०२१ /०२२ का अध्यक्ष अध्यक्ष शसिधर सापकोटाको अध्यक्षता, प्रथम उपाध्यक्ष मोहन सुनारको स्वागत तथा सचिव थम सिंजालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शनिबार, भाद्र १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij