रुपन्देही ब्यापार संघको अधिबेशन कार्तिक २८ मा

रुपन्देही ब्यापार संघको अधिबेशन कार्तिक २८ मा

 

बुटवल- रुपन्देही ब्यापार संघको अधिबेशन आगामी कार्तिक २८ गते हुने भएको छ । संघले आफ्नो स्थापना दिवशको दिन पारी कार्तिक २८ गते २० औ बार्सिक साधारणसभा तथा ११ औ अधिबेशन गर्न निर्णय गरेको महासचिव दयानिधि भण्डारीले बताउनु भयो ।

संघको सम्पन्न कार्यसमितिको १६ औ बैठकले उक्त निर्णय गरेको हो । संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता एबम निबर्तमान अध्यक्ष पदम प्रसाद श्रेष्ठको आतिथ्यतामा सम्पन्न बैठकले अधिवेशनको मिति तय गर्नुका साथै अन्य महत्वपूर्ण निर्णय समेत गरेको संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताउनु भयो ।

बैठकले व्यापारीहरुको ब्यबसायीक अभिलेख समेट्ने गरि व्यापार डाइरेक्ट्री एबम आर्थिक क्रियाकलापहरु समेटी स्मारिका प्रकासन गर्ने निर्णय भएको संघका महासचिब भन्डारीले बताउनुभयो । भण्डारीका अनुसार डाइरेक्ट्री प्रकासन गर्नको लागि संघका सचिब नामदेब पाण्डे सम्योजक एबम कार्यसमिती सदस्यहरु मनिमदिन मिया, बृन्दा भट्टराई आचार्य, प्रकासराज पौडेल, अर्जुन प्रसाद भट्टराई, रितेश ज्ञवाली र बिनित भट्टराई सदस्य रहेको प्रकासन समिती गठन गरेको छ । यस्तै स्मारिका प्रकासनका लागि संघका महासचिब दयानिधि भण्डारीको संयोजकत्वमा संघका सह–कोषाध्यक्ष ऋिषीराम पाण्डे सहसम्योजक एबम कार्यसमिती सदस्यहरु ठाकुरप्रसाद आचार्य, मनहरी बस्याल, बिष्णुप्रसाद घिमिरे सदस्य रहेको स्मारिका प्रकासन समिती समेत गठन गरेको छ ।

संघको ११ औ अधिबेशनले नयाँ नेतृत्वको चयन समेत गर्ने छ । संघमा हाल करिव २ हजार व्यवसायीहरु आवद्ध रहेका छन् ।

ब्ततबअजmभलतक बचभब

 

प्रकाशित मिति : आइतबार, भाद्र १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij