काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढी भएको छ । यसअघि गएको शुक्रवार, शनिवार र आइतवार पनि थपिने भन्दा सङ्क्रमण निको हुनेको सङ्ख्या धेरै थियो । पछिल्लो २४ घण्टामा एक हजार सात सय ८६ जना निको भएका छन् । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १६ हजार तीन सय ६ पुगेको छ । यस्तै थप एक हजार ६ सय ६४ जना नयाँ सङ्क्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन गरी १२ हजार दुई सय २२ जनाको नमुना परीक्षण गर्दा १६ सय ६४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १३ दशमलव ६१ प्रतिशतमा सङ्क्रमण देखिएको छ । अहिलेसम्म नेपालमा आठ लाख ४६ हजार एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै यही अवधिमा थप २० जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात सय ५० पुगेको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्