महाधिबेसनको तयारिमा काङ्ग्रेस रुपन्देही

महाधिबेसनको तयारिमा काङ्ग्रेस रुपन्देही

 भैरहवा
नेपाली काङ्ग्रेस रुपन्देही पार्टिको १४ औं महाधिबेसनको तिब्र तयारिमा लागेको छ । पार्टिको १४ औं महाधिबेसन यहि भदौ १८ गते वडा अधिबेसन सगै सुरु हुँदै छ । अधिबेसनको तयारी, निर्वाचन निर्देसिका तथा कार्यबिधी बारे काङ्ग्रेस रुपन्देहिले बुधबार पार्टी कार्यालय भैरहमा जिल्लाका १ सय ५५ वडा सभापती, पालिका, क्षेत्रीय सभापतिहरुलाइ प्रशिक्षण दिएको छ । रुपन्देहिमा महाधिवेशनकालागी केन्द्रिबाट खटिएका निर्वाचन अधिकृत भेष राज घिमिरेले निर्वाचन समिती अधिबेसनकोलागी तयारिमा लागेको र बिहिबारसम्ममा सबै वडाहरुमा निर्वाचन अधिकृत खटाइएने बताए । निर्वाचन समितिले स्थानीय स्तरमा सहकार्य गरि अधिबेसन गरिने र १८ गते सम्पन्न हुन नसकेका स्थानमा सहमतिमा अर्को दिन पनि निर्वाचन हुन सक्ने बताए । काङ्ग्रेस रुपन्देहिका सभापती अब्दुल रज्जाकले जिल्लामा सर्बसम्मत नेतृत्व चयनकोलागी अधिकत प्रर्यत्न गरेने र वडा तहमा खटिने निर्वाचनकर्मिहरुलाइ सहयोग गर्न आग्रह गरे । उनने वडा तह बलियो भएमा पार्टी बलियो हुने हुँदा बिबाद रहित तबरले अधिबेसन हुनु पर्नेमा जोड दिए । पुर्ब जिल्ला सभापती रामचन्द्र ढकालले अधिबेसन एउटा पर्व रहेको भन्दै सबैलाइ सक्रियरुपमा सहभागी हुन आग्रह गरे । नेपाली काङ्ग्रेस रुपन्देहिका सचिब रामकृष्ण खाणले सबै तहका अधिबेशन समयमै सम्पन्न हुने भन्दै लोकतन्त्र बलियो बनाउन काङ्ग्रेस बलियो हुनु पर्ने र त्यसकोलागी वडा तह काङ्ग्रेसको जग भएको बताए

प्रकाशित मिति : बुधबार, भाद्र १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij