थप २ हजार ४ जनामा संक्रमण पुष्टि, १८ सय बढी संक्रमणमुक्त

थप २ हजार ४ जनामा संक्रमण पुष्टि, १८ सय बढी संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ६५० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ६१९  र तीन हजार ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर एक हजार  ८४६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १६ एक जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३३ हजार ९३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार ६१९ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा दुई हजार ३२७ संक्रमित छन् भने ५४४ जना आइसियुमा र १६६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३०२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij