चौबीस घण्टामा १,७५६ संक्रमित थपिए, २,२७४ जना डिस्चार्ज

चौबीस घण्टामा १,७५६ संक्रमित थपिए, २,२७४ जना डिस्चार्ज

काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ७५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार २७४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७७३ जनाको पीसीआर परीक्षणबाट १ हजार ३५७ र ४ हजार ५६१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३९९ जना गरी जम्मा १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ०६ रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij