काठमाडौं : मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २-१ गाेल अन्तरले पराजित भएकाे छ। दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालिवरुद्ध दुई गाेल गरेकाे छ। पहिलाे हाफ गाेररहित बराबरी रहेकाेमा दोस्रो हाफमा भारतले दुई र नेपालले एक गोल गरेको हो।
नेपालविरूद्ध पहिलो गोल भारतका फारूख चौधरीले ६२ औं मिनेटमा गरेका थिए। ७९ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गरेको गोलसँगै नेपालविरुद्ध जारी दोस्रो मैत्रीपूर्ण खेलमा भारतले २–० को अग्रता बनायाे।
कप्तान सुनिलले काउन्टर अट्याकमा सुन्दर गोल गरे। नेपालले कर्नर पाएको अवस्थामा भारतीय खेलाडीले क्लियर गरेका बलमा उत्कृष्ट गोल बनाएर सुनिलले भारतको अग्रता दोब्बर पारेका थिए। खेलको ८६ औं मिनेटमा नेपालका तेज तामाङले गोल गर्दै खेल २–१ को अवस्थामा पुर्याए।
नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्। यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो।
प्रकाशित मिति : आइतबार, भाद्र २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्