चौबीस घण्टामा १,६४० नयाँ संक्रमित थपिए, २,१६१ डिस्चार्ज

चौबीस घण्टामा १,६४० नयाँ संक्रमित थपिए, २,१६१ डिस्चार्ज

काठमाडौं – नेपालमा गत चौबीस घण्टामा थप १ हजार ६४० नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरबाट चौबीस घण्टामा १३ हजार ४५५ नमुना परीक्षण गरिएको छ । जसमा ९ हजार ७६७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जनामा र ३ हजार ६८८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २९३ जना गरि कुल १ हजार ६४० जनामा कोरोेना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ७३ हजार ५२९ र एन्टीजेन विधिबाट ८६ हजार ६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट थप २ हजार १६१ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको कुल संख्या ७ लाख ३३ हजार १६१ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ९४ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १० हजार ८८९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij