कोरोना खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गर्न विश्व स्वास्थ्य संगठनको आग्रह

विश्व स्वास्थ्य संगठनले बुधबार दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमलाई तीव्रता दिन अपिल गरेको छ ।  क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले खोपद्वारा रोकथाम गर्न सकिने रोगहरु महामारीको कारणले सम्बन्धित खोप सेवाको निगरानी प्रक्रिया अवरुद्ध हुँदा जोखिम बढिरहेको बताइन् ।

यद्यपि डीटीपी ३ खोपको कभरेज ९१ प्रतिशत पुगेकाले यो क्षेत्र खोपद्वारा रोकथाम गर्न सकिने रोगको हकमा उत्कृष्ट अवस्थामा पुगेको उनको भनाइ छ । ११ मध्ये १० देशले डीटीपी ३ खोपको कभरेज ९० प्रतिशतभन्दा बढी हासिल गरेको पाइएको छ ।

यस क्षेत्रका देशहरुले महामारीको दौरान अत्यावश्यक सेवाहरु पुनः सुचारु गर्दा नियमित खोप कार्यक्रमलाई प्राथमिकता दिए पनि यस क्षेत्रको डीटीपी कभरेज ८५५ मा झरेको छ । सन् २०१९ मा खोप नै नलगाएका वा पूर्ण रूपमा खोप नलगाएका बालबालिकाको सङ्ख्या ३० लाख रहेकोमा हाल सो सङ्ख्या बढेर ४९ लाख पुगेको छ । खोपद्वारा रोकथाम गर्न सकिने रोगहरुको निगरानी प्रक्रिया पनि प्रभावित भएको छ ।

कोभिड–१९ महामारीले यस क्षेत्रको प्रमुख प्राथमिकताको रूपमा रहेको दादुरा तथा रुबेला उन्मूलनका रणनीतिहरुको कार्यान्वयनमा पनि असर पारेको पाइएको छ ।

दादुराविरुद्धको खोपको पहिलो मात्राको अनुमानित कभरेज यस क्षेत्रमा सन् २०१९ मा ९४५ रहेकोमा सन् २०२० मा घटेर ८८५ पुगेको छ । त्यसैगरी, दादुराविरुद्धको खोपको दोस्रो मात्राको कभरेज पनि सन् २०१९ मा ८३५ रहेकोमा सन् २०२० मा घटेर ७८५ पुगेको छ ।

कोभिड–१९ महामारीको परिणामस्वरूप विभिन्न देशमा निगरानी प्रक्रिया पनि अवरुद्ध हुनुका साथै बृहत खोप अभियान तथा अन्य खोप सम्बन्धी क्रियाकलापहरुको कार्यान्वयन पनि प्रभावित भएको जनाइएको छ ।

हाल जारी क्षेत्रीय समिति बैठकले दक्षिणपूर्वी एसिया क्षेत्रीय खोप कार्ययोजना २०२२–२०३० को रणनीतिक खाकामा पनि छलफल गरेको छ । उक्त कार्ययोजना कोभिड–१९ विरुद्धको खोप तथा कोभिड–१९ महामारीबाट प्रभावित खोप प्रणालीहरु तथा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरुको निगरानीको पुनःस्थापनामा केन्द्रित हुनेछ ।

दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुले कोभिड–१९ विरुद्धको खोप हालसम्म ९१ करोड ५० लाख मात्रा लगाइसकेका छन् ।

क्षेत्रीय समिति बैठक विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी क्षेत्रको शासन गर्ने निकायको वार्षिक बैठकको आयोजक राष्ट्र नेपाल हो । यो बैठक कोरोना महामारीको कारणले भर्चुअली माध्यमबाट आयोजना भइरहेको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij