नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडाैँ – एएफसी महिला एसियन कप छनोट २०२२ अघि बंगलादेशसँग तय भएको २ मैत्रीपूर्ण खेल अन्तर्गत आज नेपालले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्ध मैदान उत्रदा राष्ट्रिय महिला टिमले दशरथ रंगशालामा डेब्यु गर्नेछ । नेपाली महिला टिमले अहिलेसम्म घरेलु मैदान दशरथ रंगशालामा खेलेको छैन । नेपाली राष्ट्रिय महिला फुटबल टिममा विदेशी प्रशिक्षकको समेत डेब्यु हुनेछ ।

प्रि-म्याच कन्फरेन्समा दुवै देशका प्रशिक्षक नजिता निकाल्न आत्मविश्वासी भएको प्रतिक्रिया जनाए । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप २०२२ छनोटअघि बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्न लागेको छ । मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताए ।

छनोटअघिको अभ्यास खेलको रूपमा हेरिएको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ । एन्फाले खेलको टिकट मूल्य सामान्यतर्फ २०० र भीआईपीमा ५०० रुपैयाँ तोकेको छ । एएफसी महिला एसियन कप २०२२ छनोट अन्तर्गत नेपाल समूह ‘एफ’मा रहेको छ । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपालले छनोट खेल फिलिपिन्ससँग खेल्दै शुरूआत गर्ने तालिका रहेको छ । नेपालको पहिलो खेल फिलिपिन्ससँग असोज २ गते रहेको छ भने दोस्रो खेल हङकङसँग असोज ५ गते प्रतिस्पर्धा गर्नेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउने छ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

प्रकाशित मिति : बिहिबार, भाद्र २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij