JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उद्योग बाणिज्य संघमा फूड एण्ड वेभरेज बस्तुगत समिति गठन

बुटवल उद्योग बाणिज्य संघमा फूड एण्ड वेभरेज बस्तुगत समिति गठन

 

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा फूड एण्ड वेभरेज बस्तुगत समिति गठन गरिएको छ । संघका सदस्य व्यबसायीहरुको भेलाले कृष्णप्रसाद पाण्डेको सभापतित्वमा उक्त समिति गठन गरिएको हो ।

समितिको उपसभापतिमा छायाँ पोखरेल, सचिवमा मोहनीलाल न्यौपाने, कोषाध्यक्षमा राजेन्द्रकुमार उपाध्यायलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा पशुपती कानु बानिया, गीता भट्टराई, देवराज लम्साल, हिमाल बेलवासे, पुरुषोत्तम शर्मा र रमेशप्रसाद आचार्यलाई चयन गरिएको छ ।

भेलामा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यबसायिका समस्या पहिचान गरेर उठान गर्न बस्तुगत समितिलाई सुझाव दिनुभयो । बस्तुगत समितिले उठान गरेका समस्याहरु समाधानको लागि संघले पहल र पैरवी गर्ने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संघका उद्योग उपाध्यक्ष टंक प्रसाद गैरेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको समन्वय संघका कार्यसमिति सदस्य तथा बस्तुगत समितिका समन्वय कर्ता आनन्दप्रसाद वझाले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : शुक्रबार, भाद्र २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij