काठमाडौँ – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई वार्तामा ल्याउने बारेमा छलफल भएको थियो । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलकीअनुसार बैठकमा नेताहरूले सभामुखलाई एमालेलाई वार्तामा ल्याउन सुझाव दिएका थिए । ‘हामीले सभामुखज्यूलाई प्रमुख प्रतिपक्षी एमालेलाई वार्तामा ल्याउन सुझाव दियौँ,’ पौडेलले भनिन् ।
बैठकलाई एमालेले भने बहिष्कार गरेको थियो । संसद् सचिवालयले संसदीय दलका नेता केपी शर्मा ओलीलाई नै सम्बोधन गर्दै पत्र पठाए पनि ‘आफूहरूको माग सम्बोधन नहुने’ भन्दै एमाले उपस्थिति जनाएन ।
प्रकाशित मिति : सोमबार, भाद्र २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्