२४ घण्टामा १ हजार ५ सय ६२ जनामा कोरोना पुष्टि

२४ घण्टामा १ हजार ५ सय ६२ जनामा कोरोना पुष्टि

काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार पाँच सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार चार सय ४३ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको १० दशमलव ८१ प्रतिशत हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६६ हजार नौ सय पाँच पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ८९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४२ हजार तीन सय ६ पुगेको छ ।

यही अवधिमा थप १९ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालमा २६ हजार दुई सय दुई जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेकामा चार सय ५३ जनाको आईसीयू र एक सय ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आज ८८ हजार एक सय ८४ मात्रा खोप लगाएसँगै नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ५२ लाख ४३ हजार दुई सय ३६ जना र एक मात्रा खोप लगाउनेको सङ्ख्या ५८ लाख ७७ हजार ७९ जना पुगेको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij