JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उद्योग वाणिज्य संघमा भाँडा तथा प्लाष्टिक बस्तुगत समिति गठन

बुटवल उद्योग वाणिज्य संघमा भाँडा तथा प्लाष्टिक बस्तुगत समिति गठन

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा भाँडा तथा प्लाष्टिक बस्तुगत समिति गठन गरिएको छ । संघका सदस्य वयबसायी कमल दिन मियाको सभापतित्वमा गठित समितिको उपसभापतिमा वालनरसिंह कुवंर (अनिल) लाई चयन गरिएको छ ।

समितिको सचिवमा अर्नल शाक्य, कोषाध्यक्षमा राजिव श्रेष्ठ तथा सदस्यहरुमा रिसव थैव, वैदनाथ गुप्ता, कृष्ण केसी र नरसिंह आलमलाई चयन गरिएको छ । त्यस्तैगरी टिकाराम वञ्जाडे, कमल पौडेल र रामु भण्डारीलाई सल्लाहकारमा चयन गरिएको छ ।

त्यस अवसरमा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यबसायिको हकहित र उनीहरुका समस्या समाधानको लागि प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले व्यबसायीका समस्या पहिचान गर्न आग्रह गर्दै पहिचान भएका समस्या समाधानको लागि संघले पहल र पैरवी गर्ने जानकारी गराउनु भयो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, संघका कार्यसमिति सदस्य तथा बस्तुगत समितिका पूर्व सभापति टिकाराम वञ्जाडे लगायतले भनाई राख्नु भएको थियो ।

कार्यक्रम संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षता र उक्त बस्तुगत समितिका समन्वयकर्ता सुमोदमान सैजुको समन्वयमा भएको थियो । त्यस अवसरमा नवनिर्वाचित सभापति मियाले सबै व्यबसायीलाई समेटेर संघसंग समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : बिहिबार, भाद्र ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij