प्रदेश प्रमुखलाई मुख्य न्यायाधिवक्ता कार्यालयकोे प्रतिवेदन बुझाइयो

प्रदेश प्रमुखलाई मुख्य न्यायाधिवक्ता कार्यालयकोे प्रतिवेदन बुझाइयो

लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्धा

रुपन्देही– लुम्बिनी प्रदेश सरकार मातहतका निकाय विरुद्ध ७९ वटा मुद्धा दर्ता भएका छन् । गत वर्षबाट सरेर आएका मुद्धाको संख्या ४१ छ । आर्थिक वर्ष २०७७। ०७८ मा मात्रै ३८ वटा मुद्धा दर्ता भएका छन् ।
सरकार र मातहतका निकायलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा ४० वटा मुद्धा दर्ता भएका छन् । यस्तै २३ वटा उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा, सात वटा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासमा, एक वटा प्रशासकीय अदालत काठमाण्डौँ र एक वटा जिल्ला अदालत काठमाण्डौमा मुद्धा दर्ता भएको छ ।
आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्य न्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७। ०७८ को प्रतिवेदन बुझाउँदै मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले प्रदेश सरकार विरुद्ध मुद्धा दर्ता दर्ता हुने क्रम बढ्दै गएको बताउनुभयो । यी मुद्धा मध्ये १७ वटा फैसला भइसकेका छन् भने ६२ वटा बाँकी रहेको मुख्य न्यायाधिवक्ता सुवेदीले जानकारी दिनुभयो ।
प्रदेशमा सबैभन्दा बढि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विरुद्ध ३१ वटा मुद्धा परेका छन् । त्यस्तै भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालयलाई विपक्षी बनाई आठ।आठ वटा मुद्धा परेका छन् । त्यसबाहेक आन्तरिक मामिला मन्त्रालय, उद्योग, वन वतावरण लगायत विभिन्न मन्त्रालय विरुद्ध मुद्धा दर्ता भएका छन् । लुम्बिनी प्रदेश सभा विरुद्ध पनि दुई वटा मुद्धा दर्ता भएको मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश सरकार र मातहतका निकाय विरुद्ध दायर भएका रिट निवेदनमा सरकारको प्रतिनिधत्व गरी प्रतिरक्ष ागर्ने कार्य भएपनि दरबन्दी अनुसार कर्मचारीको पदपूर्ती नहुँदा मुद्धाको बढ्दो क्रमलाई प्रतिनिधित्व गर्न समस्या भएको मुख्य न्यायाधिवक्ता सुवेदीको गुनासो छ ।
प्रदेश सरकारले संबिधानको मर्म र भावना अनुसार काम नगरेका कारण सरकार विरुद्ध दर्ता हुने क्रम बढेको उहाँको भनाइ छ । “ केन्द्रमा संबिधान विपरीत प्रतिनिधि सभा विघटन गर्ने काम भयो, त्यसको असर यो प्रदेशमा पनि देखापरयो, संबिधान बाहिर गएर सत्ता टिकाउने काम भयो”, मुख्य न्यायाधिवक्ता सुवेदीले भन्नुभयो ।
संघीय सरकार र प्रदेश सरकारबिच अधिकार बाँडफाडको टुङ्गो नलाग्दा त्यसको असर मुख्य न्यायाधिवक्ताको कार्यालयमा परेकाले छिट्टै स्वतन्त्र तरिकाले काम गर्न मिल्ने वातावरण बनाउन मुख्य न्यायाधिवक्ता सुवेदीले आग्रह गर्नुभयो ।
संबिधानको पूर्ण पालनाले मात्रै संघीयता बलियो हुने भएकाले यसप्रति प्रतिवद्ध रहँदै संबैधानिक दायित्व र जिम्मेवारी पूरा गर्ने कार्यमा मुख्य न्यायाधिवक्ताको कार्यालय दृढ रहेको उहाँले बताउनुभयो ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको विकास र समृद्धिका लागि संघियता आएको बताउँदै यसको मर्म र भावना अनुसार काम गर्न आग्रह गर्नुभयो । प्रदेशलाई बलियो बनाउन केन्द्रले अधिकार बाँडफाडमा ढिलाई गर्न नहुने उहाँको भनाइ थियो ।
प्रमुख शेरचनले ऐन नबनेका कारण कर्मचारी भर्ना र नियुक्तिमा समस्या भएकाले केन्द्रिकृत मानसिकता त्यागेर छिटो अधिकार बाँडफाड गर्नुपर्ने बताउनुभयो । समयमै हल हुन सके समस्या बढ्ने उल्लेख गर्दै प्रमुख शेरचनले यसप्रति सरकार र सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
मुख्य न्यायाधिवक्ताको कार्यालयले हरेक वर्ष प्रतिवेदनमा समस्या उठाउने मात्र नभई समाधानमा ध्यान दिनुपर्ने बताउँदै उहाँले पिडीतलाई न्याय दने गरी काम कारबाही अघि बढाउन सुझाव दिनुभयो । “आगामि दिनमा समस्या मात्रै होइन निराकरण भएको प्रतिवेदन सुन्न पाउँ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : बिहिबार, भाद्र ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij