निर्माताले भने‘एउटा यस्तो प्रेम कहानी’ निशुल्क चलाउनुहोस्

निर्माताले भने‘एउटा यस्तो प्रेम कहानी’ निशुल्क चलाउनुहोस्

काठमाडौं-नेपाली कथानक चलचत्रि ‘एउटा यस्तो प्रेम कहानी’ निर्माण टिमले चलचित्रलाई निशुल्कमा चलाउन हल सञ्चालकलाई आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणका कारण थलिएको नेपाली सिने क्षेत्रलाई चलायमान बनाउन गत बर्ष माघ १ गते रिजिल भएको चलचित्र एउटा यस्तो प्रेम कहानी निशुल्क चलाउन आग्रह गरिएको निर्माण तथा अभिनेता शिव श्रेष्ठले बताए । कोरोनाको पहिलो लहरका समयमा बन्दभएका हलहरु खोल्ने प्रयास गरेको सो टोलीले निशुल्क चलाउन दिने घोषणा गरेको हो । अभिनेता श्रेष्ठले भने नेपालको कला क्षेत्र अहिले कोमामा जस्तै छ, लगानी गुम्ने डरले निर्माताहरुले चलचित्र दिन आनाकानी गरेको समयमा हल खुलेको सन्देश दिन आफुहरुले चलचित्र निशुल्क दिने घोषणा गरेका हौं । श्रेष्ठनै प्रस्तुतकर्ता रहेको चलचित्रमा शिव श्रेष्ठ, उनका छोरो शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंगतेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ । चलचित्रको निर्देशन दिपेश सापकोटाले गरेका छन् । फिस्टेल मुभिज्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर चलचित्रका सह–निर्माताहरु हुन् । चलचित्रकालागि विश्व नेपाली र अस्मिता परियारले गाएको एउटा यस्तो प्रेम कहानी बोलको गीत निकै लोकप्रिय बनेको थियो ।

प्रकाशित मिति : सोमबार, असोज ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij