काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बीच राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुको विरोधका बीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गरेका हुन् ।
राष्ट्रिय सभा बैठकको प्रारम्भमा बोल्दै नेकपा(एमाले)का तर्फबाट राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागु गराउनका लागि सभामुखको भुमिका हुनु गलत भएको बताए ।
उनले नेकपा(एमाले)ले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले हालसम्म टाँस नगरेको भन्दै राष्ट्रिय सभा बैठकको अवरोध जारी राख्ने बताए । राष्ट्रिय सभा बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगित भएको छ ।
प्रकाशित मिति : मंगलबार, असोज ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्