थप १ हजार ३ सय ३० जनामा काेराेना पुष्टि, १ हजार ८ सय ३० जना सङ्क्रमणमुक्त

थप १ हजार ३ सय ३० जनामा काेराेना पुष्टि, १ हजार ८ सय ३० जना सङ्क्रमणमुक्त

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर एक हजार तीन सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी  १३ हजार ६ सय २२ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो २४ घण्टामा गरिएको परीक्षणको नौ दशमलव ७६ प्रतिशत हो । आज थपिएकासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७५ हजार नौ सय ५९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार आठ सय ३० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५४ हजार पुगेको छ ।

यही अवधिमा थप पाँच जना सङ्क्रमितकाे ज्यान गएकाे छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५३ पुगेको छ ।

अहिले नेपालमा २१ हजार पाँच सय २४ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ३५ जनाको आईसीयू र एक सय सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ५२ हजार दुई सय ४२ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ५६ लाख २८ हजार सात सय ९२ जना र एक मात्रा खोप लगाउनेको सङ्ख्या ६२ लाख ३० हजार आठ सय २३ पुगेको छ ।

प्रकाशित मिति : मंगलबार, असोज ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij