नेपाली काँग्रेसको १४ औं महाधिवेशन :रुपन्देहीका ५ स्थानीय तहमा सर्वसम्मत

नेपाली काँग्रेसको १४ औं महाधिवेशन :रुपन्देहीका ५ स्थानीय तहमा सर्वसम्मत

बुटवल-नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देहीका ५ वटा स्थानीय तहमा सर्वसम्म नेतृत्व चयन भएको छ । नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार रुपन्देहीका १६ स्थानीय तह मध्ये गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।मतदान अधिकृतहरुका अनुसार गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापतिमा मोह्मद सहित खाँ, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतीया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरी सहित सबै टिम निर्बिरोध निर्वाचित भएको मतदान अधिकृतहरुले जानकारी दिएका छन् ।गत भदौ १८ गते वडा अधिवेशन भएको रुपन्देही जिल्लाका १६ वटा स्थानीय तहमा महाधिवेशनको कार्यतालिका अनुसार शनिबार पालिका अधिवेशन भएको हो ।रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकाको सभापतिमा तारकनाथ योगी निर्वाचित हुनु भएको छ । शनिबार नै सम्पन्न अधिवेशनबाट अर्का उम्मेदवार ईकवल खाँलाई १६ मतले पराजित गर्दै योगी निर्वाचित हुनु भएको हो । रोहीणी गाउँपालिकाका अन्य पदमा भने सर्वसम्मत भएको थियो ।कुल १२५ क्षेत्रीय प्रतिनीधि रहेको रोहिणीमा सभापतिमा निर्वाचित योगीले ७० मत प्राप्त गर्नुभएको थियो भने अर्का उम्मेदवार खाँले ५४ मत प्राप्त गर्नुभएको मतदान अधिकृत टिकाराम शर्माले जानकारी गराउनु भयो । उहाँका अनुसार १ मत बदर भएको थियो ।जिल्ला निर्वाचन अधिकृत घिमिरेले अनुसार राती १० बजेसम्म सबै स्थानीय तहको निर्वाचन र गणना समेत सम्पन्न हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति : शनिबार, असोज ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij