नेपाली कांग्रेस, कञ्चन गाउ कार्य समितिको सभापतिमा देबिराम रेग्मी बिजयी

नेपाली कांग्रेस, कञ्चन गाउ कार्य समितिको सभापतिमा देबिराम रेग्मी बिजयी

कञ्चन-नेपाली कांग्रेसको आसन्न १४ औं महाधिबेसनका लागि आज देशभरका ६६ जिल्लाका महानगर,उप महानगर,नगर र पालिकाहरुको अधिबेसन सम्पन्न भएको छ । रुपन्देहीको १६ वटै स्थानिय तहमा नेपाली कांग्रेसको अधिबेसन सम्पन्न भएको छ।
नेपाली कांग्रेस,कञ्चन गाउ कार्य समितिका लागि भएको निर्वाचनमा देबिराम रेग्मीले नेतृत्व गरेको समूह निर्वाचित भएको छ। गाउ समितिका लागि सर्बसम्मत कार्य समिति गठन गर्ने अन्तिम समय सम्म सहमतीको प्रयास गरिएको भएपनि सहमती नजुटे पछि सभापति सहित उपसभापति,सचिव र सहसचिव पदका लागि देबिराम रेग्मी र प्रेमचन्द्र पोख्रेलको समूह बिच निर्वाचन भएको थियो । २४  जनासदस्य पदका लागि भने सर्बसम्मत भएको थियो ।
शनिवार सभापति पदका लागि भएको निर्वाचनमा देबिराम रेग्मी ६४ मत सहित बिजयी भएका छन भने अर्का प्रत्यासी उमेद्धार प्रेमचन्द्र पोख्रेलले १९ मत प्राप्त गरेका थिए । जम्मा ८७ मत संख्या मध्ये ८६ मत खसेकोमा सभपाति पद लागि ८३ मत सदर भएको थियो भने ३ मत बदर भएको मतदान अधिकृत नुरजंग के.सी.ले जानकारी दिनु भएको छ। यस्तै २ उपसभापति पदका लागि ४ जनाले उमेद्धारी दिएका थिए । जसमा कोल बहादुर क्षेत्रीले ६१ र दुर्गासिंह क्षेत्रीले ६३ मत प्राप्त गरी उपसभापतिमा बिजयी भएका छन भने उपसभापति पदका उमेद्धार खेम बहादुर सुनारले १३ र चन्द्रिका प्रसाद बि.क.ले १० मत प्राप्त गरेका थिए ।
यसैगरी २ सचिव पदका लागि देव बहादुर थापा, नारायण गैरे,चुडामणी पौडेल र हिमाल थापाले उमेद्धारी दिएकोमा चुडामणी पौडेलले ५२ मत र हिमाल थापाले ५६ मत प्राप्त गरी सचिव पदमा बिजयी भएका छन। यस्तै देव बहादुर थापाले २२ मत र नारायण गैरेले १० मत प्राप्त गरेका थिए ।
यस्तै २ सहसचिव पदमा ३ जनाले उमेद्धारी दिएका थिए । सहसचिव पदका लागि ओम प्रकाश पुन मगर, थानेश्वर ज्ञवाली र रामराज पौडेलले उमेद्धारी दिएकोमा ओमप्रकाश पुन मगरले ५९ मत र थानेश्वर ज्ञवालीले ५७ मत प्राप्त गरी बिजयी भएका छन । सहसचिव पदका अर्का उमेद्धार रामराज पौडेलले १७ मत प्राप्त गरेका थिए।
२४ सदस्य पदका लागि वडा नं १ बाट दुर्गा बहादुर भुजेल, देबी कंडेल, रिम बहादुर क्षेत्री वडा २ बाट कौशिला शर्मा, नारायण दत्त शर्मा वडा नं.३ बाट तेज बहादुर क्षेत्री, भानुभक्त चालिसे र देबी कंडेल सर्बसम्मत बिजयी भएको मतदान अधिकृत के.सी.ले जानकारी दिनु भएको छ।
यस्तै सदस्यका लागि वडा नं. ४ बाट गोपाल राना, नर बहादुर राना, शुसिला थापा, वडा नं.५ बाट मंगल प्रसाद थारु, मिना थकाली र झबिन्द्र बेलबासे सर्बसम्मत बिजयी भएका छन भने दलित तर्फ गम बहादुर बिश्वकर्मा र मिना नेपाली आदिबासी जनजाती तर्फ सरस्वती थापा र राज कुमार काउचा थापा यस्तै मधेसी तर्फ झब्बर मल्लाह र खस आर्यतर्फ लक्ष्मी पन्त, लाल बहादुर क्षेत्री र श्याम भक्त कंडेल सर्बसम्मत भएका छन। थारु तर्फ त्रिबेणी थारु र अपांगता भएका प्रदेश सभा क्षेत्रिय प्रतिनिधिका लागि भक्तीराम गैरे निर्विरोध रुपमा बिजयी भएको मतदान अधिकृत नुरजंग के.सी.ले जानकारी दिनु भएको छ।

प्रकाशित मिति : शनिबार, असोज ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij