बुटवल- नेपाली कांग्रेस बुटवलको सभापतीमा खेलराज पाण्डे भण्डै दुइ तिहाई मत अन्तरले निर्वाचित भएका छन् । भर्खर सम्पन्न मतगणना परिणाम अनुसार पाण्डेले मत ल्याएर बिजयी भएका हुन।
पाण्डेले ४१२ मत पाउदा सभापतीमा उनकी प्रतिध्वन्धी रिता केसीले १२४ मत पाईन।
यस अघि समेत नगर सभापती रहेका खेलराज पाण्डे रामचन्द्र पौडेल निकट मानिन्छन भने रिता केसी पार्टी सभापती शेर बहादुर देउवा समुहकी कार्यकर्ता हुन्।
त्यसैगरि उपसभापतिका उम्मेदवार ज्योती भन्डारीले ४०३, हितमान पुनले २८२ , नरबहादुर रजालीले २३८ र हरिलाल सुनारले १०२ मत प्राप्त गरेका छन् ।
सचिवमा गंगा पन्थिले ३०७, छायाँ पोख्रेलले २९४ पाएर बिजयी भए भने जय प्रकाश भट्टराईले २३९ र सन्तोष पौडेलले १४८ मत ल्याएर पराजित भए।
त्यस्तै सहसचिव तर्फ देवलाल अर्गलीले २९७ र गणेश घिमिरेले ३०० मत पाएर बिजयी भए भने पुरुषोत्तम खनालले २६९, गणेश घिमिरेले ३०० र सुदन बास्कोटाले १६६ मत प्राप्त गरेका छन्।
बुटवलको नगरकमिटीमा निर्वाचित सहसचिवमा गणेश घिमिरे बाहेक सबै बरिष्ठ नेता रामचन्द्र पौडेले समुहका हुन।
प्रकाशित मिति : शनिबार, असोज ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्