काठमाडौं – एमालेद्धारा निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आजका लागि बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउबाले महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची छ ।
एमालेले यसअघिका प्रतिनिधि सभाको बैठकमा निरन्तर नाराबाजी गर्दै आएको छ । आफुले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने बताउँदै आएको छ । उसले १४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखलाई राजीनामा दिन आग्रह गर्दै आएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्