JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उवासंघमा ईलेक्टोनिक्स बस्तुगत समिति गठन

बुटवल उवासंघमा ईलेक्टोनिक्स बस्तुगत समिति गठन

 

बुटवल

बुटवल उद्योग बाणिज्य संघमा ईलेक्ट्रोनिक्स बस्तुगत समिति गठन गरिएको छ । बिहिबार संघमा भएको सदस्य व्यबसायीहरुको बैठकले दीपा खान्जुको सभापतित्वमा उक्त बस्तुगत समिति गठन गरिएको हो ।

गठित समितिको उपसभापतिमा शौभाज्य सिमाङ्गैडा, सचिवमा विराज जोशी, कोषाध्यक्षमा गंगाप्रसाद पौडेल र कार्यसमिति सदस्यहरुमा भूपराज न्यौपाने, जीवनाथ पन्थी, किशोर बर्मा, विजेन्द्र कसौधन, नारायण रायमाझी, कृष्णप्रसाद पाण्डे तथा तिलक ध्वजुलाई चयन गरिएको छ ।

त्यस्तैगरी टेकप्रसाद श्रेष्ठ र महेन्द्रप्रसाद श्रेष्ठलाई सल्लाहकारमा चयन गरिएको छ । त्यस अवसरमा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योगी व्यबसायीको हक हित, औद्योगिक बिकास तथा यस क्षेत्रको सामाजिक तथा आर्थिक बिकासमा संघले खेलेको भूमिका स्मरण गर्दै व्यबसाकि समस्या पहिचान गर्न आग्रह गर्नुभयो । उहाँले बस्तुगत समितिले पहिचान गरेका समस्या समाधानको लागि संघले पहल र पैरवी गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेले गठित समितिले सबैलाई समेटेर अगाडी बढ्न र व्यबसायिक बिकासमा काम गर्न सुझाव दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, असोज १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij