नेपालमा कोरोना संक्रमण निको हुने दर ९६.५ प्रतिशत

नेपालमा कोरोना संक्रमण निको हुने दर ९६.५ प्रतिशत

काठमाडौं – नेपालमा कोरोना संक्रमण निको हुने दर ९६.५ प्रतिशत पुगेको छ । गत चौबीस घण्टामा थप १ हजार ४०५ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९६ दशमलव ५ प्रतिशत पुगेको हो । हाल नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ६९ हजार २२४ पुगको छ ।

त्यस्तै गत चौबीस घण्टामा थप ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालबाट ७ हजार ७० जनाको पीसीआर परीक्षण गर्दा ५७४ जना र ३ हजार ८५० जनाको एन्टीजेन परीक्षण गर्दा १०५ जना गरि कुल ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९७ हजार १९२ र एन्टीजेन विधिबाट ९२ हजार ३४ पुगेको छ । हाल देशभर १६ हजार ८०४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार १६४ पुगेको छ ।

प्रकाशित मिति : आइतबार, असोज १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij