बुटवल – कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका–८ का ४५ वर्षीय बब्लु केवट र वडा नम्बर ९ का चार वर्षीय बालक रहेको नगरपालिकाका मेयर रजतप्रताप शाहले बताए ।
झाडापखाला लागेका ५२ जनाको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको र गम्भीर अवस्थाका ७ जनालाई अन्यत्र रिफर गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । दूषित पानीका कारण झाडापखाला फैलिएको पाण्डेले बताए । झाडा पखाला नियन्त्रणका लागि स्वास्थ्य कार्यालयबाट औषधि र जनशक्ति कृष्णनगर पठाइसकिएको र आफू पनि प्रभावित क्षेत्रमै रहेको पाण्डेले बताए ।
‘दूषित पानीकै कारण झाडापखाला फैलिएको हो, पानी कहाँ कसरी दूषित भयो भन्ने पत्ता लगाउँदैछौं,’ पाण्डेले भने । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा राति १२ बजेदेखि झाडापखाला लाग्ने बिरामीको संख्या ह्वात्तै बढेको मेयर शाहले बताए ।
प्रकाशित मिति : मंगलबार, असोज १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्