बुटवलमा सस्तो बजारको तयारी:तीस स्टलमा एक बस्तु, एक पसल

बुटवलमा सस्तो बजारको तयारी:तीस स्टलमा एक बस्तु, एक पसल

बुटवल

बुटवल उद्योग बाणिज्य संघ रुपन्देही रुपन्देही आयोजनामा बिहिबारदेखि बुटवलमा दशैं सस्तो बजार हुँदैछ । संघको सचिवालय बालमन्दिर परिषरमा घटस्थापनादेखि पञ्चमीसम्म ५ दिन सञ्चालन गरिने दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटहीको व्यबस्था सहित साल्ट ट्रेडिङ्, दुग्ध बिकास संस्थाका दुधबाट बनेका परिकार लगायतका ३० वटा स्टल राखिने दशैं सस्तो बजारका संयोजक बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ (कुलप्रसाद)ले बताउनु भयो ।

उहाँका अनुसार एक बस्तुको एउटा मात्रै स्टल राखिनेछ । दशैं सस्तो बजारमा राखिएका बस्तु बाहिर बजारमा भन्दा सस्तोमा उपलब्ध गराईने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराउनु भयो । संघले प्रत्येक वर्ष दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको छ । तर कोरोना महामारीका कारण अंघिल्लो वर्ष हुन सकेको थिएन ।

यो वर्ष कोरोना महामारीको संक्रमण न्यून भएकाले स्वास्थ्य मापदण्डको पालना गरि सस्तो बजार सञ्चालन गर्न लागिएको संघका महासचिव बिमलराज भट्टराईले बताउनु भयो । अहिले सञ्चालन गर्न लागिएको २० औं संस्करणको दशैं सस्तो बजार हो । यो २० औं संस्करणको दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरु, खाद्यान्न, चिनी, तेल, नुन, आटा, दाल, चिया, दुग्धजन्य उत्पादन, पुजा सामाग्रि, मसला, माछा मासु लगायतका स्टलहरु समावेश गरिने संघले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, असोज १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij